Aamsanchar

दकमकी एक महिला प्रहरी नियन्त्रणमा

Author Image
बुधवार, मंसिर २८, २०७९

झापा । झापाको दमक बाट एक जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ब्राउनसुगर जस्तो देखिने शंकास्पद लिसाइलो पदार्थ बोकेको अभियोगमा दमक ९ बस्ने बर्ष ४५ की तुलमाया तामाङलाई  प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई  इलाका प्रहरी कार्यालय दमक बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले तामाङको साथबाट ५ ग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामत गरेको छ । तामाङ उपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकले बताए ।

Views: 7927

प्रतिक्रिया (०)