Aamsanchar

मोरङको गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न सरोकारवालाहरु सहमत 

Author Image
बुधवार, मंसिर २८, २०७९

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन गर्न सरोकारवाला निकायका प्रतिनिधिहरू सहमत भएका छन् । प्रतिनिधि सभा सदस्य डा।सुनील शर्माको पहलमा मंगलबार काठमाडौँमा भएको सरोकारवालाहरूको बैठकले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक तयारी थाल्ने निर्णय गरेको हो ।

डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको मोडल अनुसार नै गोठ गाउँमा पनि मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त हुने उनीहरूको निष्कर्ष छ । मेडिकल कलेजको स्वीकृतिका लागि आगामी एक महिनाभित्र मन्त्रिपरिषदबाट निर्णय गराएर कलेज सञ्चालनको तयारी थाल्ने उनीहरूको योजना छ । मेडिकल कलेज सञ्चालनका लागि आफ्नै तीन सय बेडको अस्पताल हुनुपर्ने प्रावधान छ । तर, विश्वविद्यालयसँग अहिले सो क्षमताको अस्पताल नभएकाले तत्कालका लागि कोशी अस्पताललाई आङ्गिक अस्पताल बनाएर मेडिकल कलेज सञ्चालन गर्न खोजिएको हो ।

कांग्रेस नेता डा.शेखर कोइरालाको नेतृत्वमा भएको बैठकमा प्रतिनिधि सभा सदस्य डा।शर्मा, राष्ट्रिय सभा सदस्य गोपी अछामी, प्रदेशसभा सदस्य जीवन आचार्य, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा। यादवराज कोइराला, स्वास्थ्य मन्त्रालयका सचिव डा।रोशन पोखरेल, नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा।कृष्णप्रसाद अधिकारी, चिकित्सा शिक्षा आयोगका कार्यकारी सदस्य प्रा।डा।दिलीप शर्मा लगायत सहभागी थिए ।

बैठकपछि बोल्दै नेता कोइरालाले डडेलधुरामा मेडिकल कलेज खोल्ने सरकारको अवधारणा अनुसार तत्कालका लागि कोशी अस्पताललाई आङ्गिक बनाएर गोठगाउँमा मेडिकल कलेज सञ्चालन गरिने बताए । ‘जसरी डडेलधुरामा मेडिकल कलेज खोल्ने भनिएको छ त्यही आधारलाई मानेर अगाडि बढ्न सकिन्छ,’ नेता कोइरालाले भने, ‘एक महिना भित्र मन्त्रिपरिषद्बाट निर्णय गराएर मेडिकल कलेज सञ्चालनको काममा अघि बढ्छौँ ।’

विश्वविद्यालय र कोशी अस्पताल दुवै सरकारकै भएकाले मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पताललाई आङ्गिक अस्पतालको रूपमा लिएर डडेलधुरा मोडलबाट मेडिकल कलेज सञ्चालन गर्न सकिने प्रतिनिधिसभा सदस्य डा।शर्मा बताउँछन् । ‘विश्वविद्यालय र कोशी अञ्चल अस्पताल दुवै सरकारकै प्रोजेक्ट हो ।

तत्कालको लागि माघ १ गतेदेखि अस्पताल पूर्णकालिन सूचारु गर्ने र मेडिकल कलेजको हकमा कोशी अस्पताललाई विश्वविद्यालयको आङ्गिक अस्पतालको रूपमा लिएर डडेलधुरा मोडलमा आगामी शैक्षिक सत्रबाट पठनपाठन सुचारु गर्ने विषयमा सहमति भएको छ,’ डा.शर्माले भने, ‘अब हामी यो विषयलाई क्याबिनेटमा लिएर जान्छौं, प्रधानमन्त्री पनि यो विषयमा सहमत हुनुहुन्छ भन्ने लागेको छ, क्याबिनेटबाट डीसीजन गराएर मेडिकल कलेज सञ्चालनको प्रकृयामा लाग्छौँ ।’  श्रोत: रातोपाटी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर