Aamsanchar

अर्जुनधारमा अन्तर विद्यालय नृत्य तथा गायन प्रतियोगिता सुरु

Author Image
शुक्रवार, पौष १, २०७९

लक्ष्मीपुर । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ लक्ष्मीपुर स्थित होलिवेशिल स्कुलमा दूई दिवसिय  अर्जुनधारा नगर क्षेत्र अन्तर विद्यालय नृत्य तथा गायन प्रतियोगिता सुरु भएको छ ।  आज शुक्रबार सुरु भएको प्रतियोगिता भोली शनिबार समापन हुने छ । 

निजी विद्यालयहरूको  छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन ) स्थानीय तह अन्तरगतको शाखा प्याब्सन अर्जुनधारा नगर समितिले अन्तर विद्यालय गायन तथा नृत्य प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा अर्जुनधारा नगर क्षेत्रमा ३० वटा निजी विद्यालयले विद्यार्थीहरूलाई प्रतियोगितामा सामेल गराएका छन् ।  देश भक्ति र मौलिक सांस्कृतिक नृत्य तथा गायन विद्यार्थीहरूले प्रस्तुत गरिरहेका छन् ।

प्याब्सन नगर अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको उद्घाटन समारोहमा अर्जुनधारा नगरपालिका नगर प्रमुख बलदेव सिंह गोम्देनको प्रमुख आतिथ्यता रहेको छ ।

कार्यक्रम संयोजक एवम् प्याब्सन अर्जुनधाराका उपाध्यक्ष कुमार रायले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि गोम्देन, प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो लगायतले मन्तव्य राखेका छन् ।
कार्यक्रममा कालिका शिक्षा सदनका सञ्चालक मोहन सुब्बा र प्रगति मा।वि। का कर्मचारी कृष्ण तामाङलाई सम्मान गरिएको छ ।

प्रतियोगितामा चन्द्र तामाङ र नगेन्द्र राईले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।  कार्यक्रमको सञ्चालन प्याब्सन सचिव राजेशकुमार आचार्यले गरेका छन् ।

कार्यक्रममा विद्यार्थी, अभिभावक र सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको छ । आज बेलुका ५ बजे सम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । आज विजयी हरुलाई पुरस्कार प्रमाण पत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 430

प्रतिक्रिया (०)