Aamsanchar

जामुनखाडीमा आयोजित नक आउट फुटबल प्रतियोगितामा उर्लाबारी विजयी

Author Image
शनिवार, पौष २, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं.२ स्थित जामुनखाडी सिमसार उत्तर तर्फ रहेको प्राकृतिक रङ्गशालामा आजबाट सुरु भएको हर्क राई स्मृति नक आउट फुटबल प्रतियोगितामा उर्लाबारी फुटबल क्लब विजयी भएको छ । आयोजक जामुनखाडी स्पोटिङ क्लबलाई २ का विरुद्ध ३ गोल लगाएर उर्लाबारी फुटबल क्लब विजयी भएको हो ।

विजयी टिमको तर्फबाट जर्सी नं. १० का सञ्जय धिमालले २ र जर्सी नं. १७ का पासाङ तामाङले १ गोल लगाएका थिए । उपविजेता आयोजक जामुनखाडीको तर्फबाट रोशन बर्देवाले २ गोल लगाउन सफल भएका थिए ।

खेलको म्यान अफ द म्याच जामुनखाडीका जर्सी नंं ७ का रोशन बर्देवा घोषित भएका छन् ।

फाइनल खेलमा प्रथम हुने टिमले १ लाख ११ हजार १११ र दोस्रो हुनेले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउने छन् । हरेक दिन उत्कृष्ट खेलाडीलाई नगद २ हजार प्रदान गरिने  आयोजकले जनाएको छ ।

भोलि हुने खेलमा पथरी फुटबल क्लब र शनिश्चरे फुटबल क्लब बिच प्रतिष्पर्धा हुने खेल तालिकामा उल्लेख छ ।   खेलमा रेफ्री लाक्पा तामाङ, सुनिल तामाङ, युवराज बजगाईँ र फोर्थ रेफ्री लिला बास्तोला रहेका छन् ।

जामुनखाडी स्पोटिङ क्लब र जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह आयोजक रहेर खेलाइएको खेलमा प्रदेश १ का विभिन्न जिल्लाबाट ८ वटा क्लबले सहभागी जनाउने छन् ।

प्राकृतिक रङ्गशालाको उद्घाटन 
खेल सुरु हुन अघि जामुनखाडी प्राकृतिक रङ्गशालाको उद्घाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा र कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले संयुक्त रुपमा रङ्गशालाको उद्घाटन गरेका थिए ।

जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खेमराज सिटौलाको अध्यक्षतामा आयोजित खेलकुद कार्यक्रममा प्रमुख अतिथि साँवा, सामुदायिक वनका पूर्व अध्यक्ष पर्शुराम गिरी, वडा नं. २ का अध्यक्ष बलराम राईले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रमको सञ्चालन विनोद राना मगरले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 413

प्रतिक्रिया (०)

सम्बन्धित खबर