Aamsanchar

मानव अधिकार तथा शान्ति समाजको केन्द्रिय सभापति पदमा सुशील बस्नेतले उम्मेदवारी

Author Image
आइतवार, पौष ३, २०७९

मानव अधिकार तथा शान्ति समाजको केन्द्रिय सभापति पदमा सुशील बस्नेतले उम्मेदवारी दिएका छ्न ।
पुस २९ र ३० गते सुस्ता पश्चिम बर्दधाटमा शान्ति समाजको २५औ राष्ट्रिय परिषद् बैठकले नयाँ नेतृत्व चयन गर्ने छ । दाङ निवासी बस्नेत शान्ति समाजको हाल वरिष्ठ उपसभापति हुन । उनी अढाई दशकदेखी सक्रिय छ्न ।

स्वच्छ छबिको रुपमा पहिचान बनाएका बस्नेत केन्द्रिय महासचिव, केन्द्रिय सचिव , केन्द्रिय सदस्य, जिल्ला सभापति , जिल्ला सचिब , जिल्ला सहसचिव र जिल्ला सदस्य पदको भुमिकामा रहि मानव अधिकार , शान्ति , लोकतन्त्र , अहिंसा, सद्भाव र सहिष्णुताको पक्षमा सदै अग्रपंक्तिमा रहि अभियान सन्चालन गर्दै आएका छ्न ।
स्पष्ट बक्ता,कुनैपनि बिषयको गहिरो अध्ययन गर्ने,सबैलाई एकीकृत गरि अगाडि बढ्ने क्षमता भएका बस्नेतले सामाजिक न्यायको क्षेत्रमा राष्ट्रिय स्तरमा चर्चामा आउने गरि काम गरेका कयौ सवाल छ्न । महिला, अपाङता ब्यक्तिहरु, दलित समुदाय, जेष्ठ नागरिक, बालबालिका, यौनिक तथा अल्पसंख्यक,सीमान्तकृत समुदायको सवालको पक्षमा बुलन्द आवाज उठाउने र त्यसका लागि अग्रपंक्तिमा रहने गरेका ती समुदायको भनाई छ ।

जिल्ला शाखाहरुमा समन्वय, सहकार्य गर्दै शान्ति समाजका अभियानलाई थप प्रभावकारी बनाउदै आएका केन्द्रिय सभापति पदका उम्मेदवार बस्नेत जिल्ला शाखाहरुमा निकै चर्चामा रहेका । दाङ शाखाले सभापतिको उम्मेदवारमा सिफारिस गरिएका बस्नेतको नेतृत्व, समन्वय र सक्रियताको गुणका कारणले पटकपटक गरि ७ पटक राष्ट्रिय परिषद बैठकबाट दाङ उत्कृष्ट शाखा बनेको छ ।
बस्नेतले शान्ति समाजको मुल्यमान्यतालाई आत्मसाथ गर्दै केही प्रतिबद्धता पनि सार्वजनिक गरेका छ्न ।

केन्द्रिय सभापतिका उमेदवार बस्नेतका प्रतिबद्धता
१, शान्ति समाजको मुल्यमान्यतालाई उच्च राख्दै मानव अधिकार , शान्ति , लोकतन्त्र ,अहिंसा , सद्भाव र सहिष्णुताको पक्षमा कार्यक्रम तथा अभियान सन्चालन गर्ने ।
२, जलबायु परिवर्तन , दुर्ब्यसन विरुद्ध , भ्रष्टाचार विरुद्ध , सामाजिक न्यायका पक्षमा,बैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ सेवा,सुशासनका लागि अभियान सन्चालन गर्ने ।
३, शाखाहरुको बिस्तार गरि क्रमशः सबै जिल्लामा पुर्याउने र संस्थागत बिकास गर्न रणनीतिक योजना बनाई सक्षम बनाउने
४, राजधानी उपत्यकामा केन्द्रिय कार्यालयको भवन खरिद गर्ने योजनालाई पूरा गर्ने
५, संस्थाको आर्थिक संकटमोचनका लागि दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्ने
६, शान्ति समाजका सबै सदस्यहरुलाई मानव अधिकारका सम्बन्धि प्रशिक्षणको ब्यबस्था गरि थप सक्षम बनाउने ।
७, दिगो बिकास र दिगो शान्तिको लक्ष्य हासिल गर्दै विभेद मुक्त समाज र सामाजिक न्यायका लागि देश ब्यापी अभियान सन्चालन गर्ने ।

२०५३ जेठ १९ गते स्थापित स्वयंसेवी संस्था हो र यसको संस्थापक सभापति कृष्ण पहाडी हुनुहुन्छ । २०६२र६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपूर्ण योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दुतावास, दात्री संस्था, फाउण्डेसन, अन्तरसरकारी संस्था धार्मिक संघसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तराष्ट्रिय गैर सरकारी संस्था बाट आर्थिक सहयोग ग्रहण गर्दैन । निर्धारित समयमै कार्यक्रम शुरु गर्ने परिपाटी बसालेको ९समय आन्दोलन० मानव अधिकार तथा शान्ति समाजले विगत एक दशकदेखि जलबायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान र मासिक शान्ति काव्य प्रवाह समेत सञ्चालन गर्दै आएको छ भने २०७२ सालदेखि राहत अभियानमा पनि योगदान गर्दै आएको छ ।
शान्ति समाजको राष्ट्रिय परिषद बैठकले २७ सदस्यीय केन्द्रिय कार्यसमिति चयन गर्नेछ । कार्य समितिको कार्यकाल २ बर्ष हुने बैधानिक ब्यबस्था छ । परिषदमा ३३ जिल्लाका २५० बढी प्रतिनिधि तथा परिबेक्षकको सहभागीता रहने छ ।
मोफसल ( राजधानी काठमाडौ बाहिर ) मा रहि पत्रकारिता गर्ने एक चर्चित पत्रकार हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)