बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
आज (आइतबार) बिर्तामोड–४ स्थित आफ्नै कार्यलयको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतिवेदन सार्वजनिक गरिएको हो । १० औं साधारणसभाको लागि तयार पारिएको प्रतिवेदन संस्थाका अध्यक्ष भवानी प्रसाद दंगाल, सल्लाहकार संयोजक भगिरथ आले ९मामा० र लेखा सुपरीवेक्षण समिति संयोजक कृष्णराज कटुवालले प्रतिवेदन सार्वजनिक गरेका थिए ।
सहकारी नीति अनुसार कम्तिमा ७ वटा इकाई सभा गर्नु पर्ने रहेको छ । जस अनुसार हाम्रो नेपाल साकोस ले भोलि देखि विभिन्न सातवटा सेवा केन्द्रमा इकाई सभा सुरु गर्ने भएको छ । हाम्रो नेपालले आगामी
पुष २३ गते माइनुट प्रमाणिकरण १० औं वार्षिक साधारणसभा बिर्तामोडमा आयोजना गर्ने तय गरेको छ । यस पटक तेस्रो अधिवेशन सहितको साधारण सभा रहेको छ ।
१५ वटा सेवा केन्द्र रहेको हाम्रो नेपालले गत असार मसान्त सम्म १५ वटा सेवा केन्द्र थप गरेर ३० वटा बनाएको छ । १४ प्रतिशत तरलता कायम राख्न सफल हाम्रो नेपाल साकोस ले अहिलेको आर्थिक मन्दीमा शेयर सदस्यहरूलाई १० लाख सम्म ऋण प्रवाह गरिरहेको अध्यक्ष भवानी प्रसाद दंगाल ले बताए छन् ।
हाम्रो नेपाल साकोसमा २४ हजार ९ सय ६३ शेयर सदस्य रहेका छन् । बाल बचत कर्ताहरू भने ६ हजार ३ सय ९८ जना रहेका छन् ।
संस्थाको आर्थिक गतिविधि तर्फ बचत खाता संख्या ५९ हजार ८ सय ६०, शेयर पुँजी १७ करोड २२ लाख ९१ हजार, बचतरनिक्षेप ९० करोड ५१ लाख २८ हजार, लगानीमा रहेको कर्जा १ अर्ब ७१ करोड ८८ लाख १३ हजार, खुद नाफा ४६ लाख २ हजार, शेयर लगानी ५४ लाख ६२ हजार ६ सय, संस्थाले तिर्नुपर्ने ऋण ७७ करोड ५ लाख, ऋण मिनाहा ९ लाख ३३ हजार, कुल कारोबार १ अर्ब ९२ करोड जगेडा कोष १२ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।
हालै नेपाल सरकार सकारी विभागले देश भरीका २८ हजार ६ सय सहकारी मध्ये उत्कृष्ट ३ सय सहकारी छनौट गरेको छ । जसमा हाम्रो नेपाल पनि छनौटमा परेको छ । झापामा ७ सय ५२ वटा सहकारी रहेका छन् ति मध्ये ११ वटा सहकारी हरु उत्कृष्ट ३०० मा पर्न सफल भएका छन् ।
हाम्रो नेपाल स्थापनाको छोटो समयमा जिल्लामा उत्कृष्ट ५ सहकारी भित्र पर्ने हाम्रो नेपालकी विभागीय प्रमुख ज्योति पराजुलीले बताइन ।