Aamsanchar

 प्रदेश १ प्रहरी कार्यालय परिसरमा ३७१ जनाले निःशुल्क स्वास्थ्य सेवा लिए 

Author Image
आइतवार, पौष ३, २०७९

बिराटनगर । नेपाल प्रहरी श्रीमती संघ तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयको आयोजना तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा।लि। बिराटनगरको सहकार्यमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र संचालित शिविरको नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्री कुसुम लता सिंहले पानसमा बत्ती बालेर बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । शिविरमा नाक, कान, घाँटी, आँखा, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, दाँत,जनरल मेडिसिन, स्त्री रोग, फोक्सो सम्बन्धी रोगहरुको बिशेषज्ञ डाक्टरहरुबाट चेकजाँच गरिएको छ ।

शिविरमा भिडियो एक्सरे, ईसीजी बिभिन्न किसिमका ल्याव टेस्टको समेत सुबिधा रहेको उक्त शिबिरमा निशुल्क औषधी समेत बितरण गरिएको थियो । एक दिने बृहत स्वास्थ्य शिविरमा प्रहरी कर्मचारीहरु, पुर्व प्रहरी, अमर र अशक्त प्रहरीका सन्ततीहरु समेत गरी पुरुष २८५ जना, महिला ७६ जना र बालबालिका १० जना गरी जम्मा ३७१ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर