Aamsanchar

डा. सीके राउत जनमत पार्टीको संसदीय दलको नेतामा चयन

Author Image
सोमवार, पौष ४, २०७९

काठमाण्डाै – जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत चयन हुनुभएको छ ।

पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदको बैठकले राउतलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो ।

डा. राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ ।

Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर