
प्रतिकात्मक तस्बिर


झापा- झापाको चारआली जंगलमा दुई जनाको शव फेला परेको छ । सोमबार अपरान्ह पौने ३ बजेतिर मेचीनगर १३ स्थित चारआली जंगलमा महिला र पुरुषको शव भेटिएको हो । दुवैको शव भुँइमा भेटिएको प्रहरीले जनाएको छ । पुरुषको घाटीमा भने डोरी रहेको छ ।

अन्दाजी ३५ वर्षकी महिला र ४५ वर्षको पुरुषको केही दिनअगाडि नै मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताए । उनीहरुको अनुहार र शरीर कालो भइसकेको छ ।

अहिलेसम्म ती दुवैको पहिचान खुलिनसकेको डिएसपी पाठकले बताए ।
Views: 425

