Aamsanchar

कांग्रेस संसदीय दलको चुनावका लागि आज मनोनयन दर्ता

Author Image
मङ्गलवार, पौष ५, २०७९

सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको नेता छान्नका लागि बुधबार बिहान चुनाव गर्दै छ। भोलि हुने निर्वाचनका लागि आज (मंगलबार) दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता हुने जनाइएको छ।

कांग्रेस कार्यसम्पादन समितिको आइतवार बसेको बैठकको निर्णयअनुसार दलको नयाँ नेता चयनका लागि बुधबार बिहान ८ बजे निर्वाचन हुन लागेको हो।

दलको निर्वाचन सम्बन्धी कार्यक्रका संयोजक भीष्मराज आङ्देम्बेदेले जारी गरेको निर्वाचन सम्बन्धी कार्यक्रमका अनुसार दिउँसो साढे ३ बजे उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन गरिनेछ।

त्यसपछि दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने कार्यसूचीमा उल्लेख छ। आजै अपरान्हसम्ममा उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिकमा जनाइएको छ।

निर्वाचन कार्यक्रम प्रकाशित स्थान, मिति र समयभित्र मतदान क्षेत्रमा प्रवेश गरी लाम लाग्ने मतदातालाई मतदान गर्न दिइने बताइएको छ। उम्मेदवारी दर्ताका लागि ५१ हजार रकम दाखिल गर्नुपर्ने कांग्रेसले बताएको छ।)

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर