Aamsanchar

सर्वाेच्चद्वारा लामिछानेविरूद्धकाे रिटमा अन्तरिम आदेश दिन अस्वीकार, सांसद पदको शपथ लिन बाटो खुला

Author Image
बुधवार, पौष ६, २०७९

काठमाडौं – सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

बुधबार उनको नागरिकतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको हो। यससँगै लामिछानेलाई सांसद पदको शपथ लिन बाटो खुलेको हो।

नागरिकतामाथि वैधानिकताको प्रश्न उठाउँदै लामिछानेको सांसद पद खारेजीको माग राखेर अधिवक्ता युवराज बर्तौला र अधिवक्ता युवराज भट्टराईले छुट्टाछुट्टै रिट दायर गरेका थिए। उनीहरूले अन्तरिम आदेश माग गर्दै लामिछानेको सांसद पद खारेज गर्नुपर्ने जिकिर गरेका थिए।

तर, बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको हो।

संसद् सचिवालयले सांसदहरूलाई पुस ७ गते अर्थात भोलि बिहीबारका लागि शपथको समय तोकेको छ।

Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर