Aamsanchar

आज दक्षिणायनको अन्तिम औँसी : गया श्राद्ध गरिँदै

Author Image
शुक्रवार, पौष ८, २०७९

काठमाण्डाै – हरेक वर्ष चन्द्रमासअनुसार पुस कृष्ण पक्षको औँसीका दिन गरिने दर्शन एवम् तीर्थ वा गया श्राद्ध आज विधिपूर्वक गरिँदैछ ।

दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । सौरमासअनुसार माघेसङ्क्रान्तिदेखि र चन्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ ।

उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात् पुस कृष्ण पक्षको औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले बताउनुभयो ।

आज काठमाण्डौको गोकर्ण उत्तरगयासहित त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गम बेत्रावतीलगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)