

काठमाडौं –बैतडीकी माया लुहार हत्याका आरोपित भरतराम कोली पुर्पक्षका लागि करागार चलान भएका छन्। प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पौस ५ गते प्रतिवेदन बुझाएपछि ६ गते जिल्ला अदालत बैतडीले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए।

उनीमाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरेको थियो।

शिवनाथ गाउँपालिका–४ सोलपाला भरतराम कोली सशस्त्र प्रहरी वलमा कार्यरत थिए।


Views: 204

