Aamsanchar

 प्रधानमन्त्री दाहाललाई देउवाले दिए फोन मार्फत बधाई

Author Image
सोमवार, पौष ११, २०७९

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।

सरकार गठन तथा सरकारमा सहभागीमा हुने मन्त्रीहरुको नाम तय गर्न बसेको नेकपा माओवादी केन्द्रको बैठकका बीचमा नै देउवाले फोन गरेर प्रचण्डलाई बधाई दिएका हुन् ।

कांग्रेसका अन्य नेताले पनि फोन गरेर प्रचण्डलाई बधाई दिएको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड नेकपा एमालेसहितका समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । उनले आज सोमबार सपथ लिँदै छन् ।

Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर