Aamsanchar

प्रदेश १ का नवनिर्वाचित सांसदद्वारा पद तथा गाेपनीयताकाे शपथ

Author Image
सोमवार, पौष ११, २०७९

मोरङ – प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

प्रदेश १ का ६ जना प्रदेश सांसदले मातृभाषामा सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डलले शपथ ग्रहण गराएका हुन् ।

प्रदेश सांसदमा पाँचथर १(२) बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनुलङ्वा लिम्बुले मातृभाषा यक्थुङ/ लिम्बु भाषामा शपथ लिएका छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) का पाचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ् १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बुले मातृभाषा यक्थुङ/ लिम्बु भाषामा शपथ लिएका हुन् । कांग्रेसकी सुनिता गच्छदार चाैधरीले थारू भाषामा शपथ लिएकी हुन्

Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर