Aamsanchar

बिर्तामोडमा दश लाखको बजेटमा खोसलाको फूल बनाउने तालिम शुरु 

Author Image
मङ्गलवार, पौष १२, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा महिलाहरूलाई उद्यमशील बनाउने उद्देश्यले आजबाट १५ दिवसीय हस्तकला सीप प्रवर्द्धन कार्यक्रम सुरु भएको छ ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय ब्यापार तथा निकासी  प्रवर्द्धन केन्द्र को आयोजना, चेम्बर अफ कमर्स झापाको सह– आयोजनामा मकैको खोसला बाट फूल बनाउने र बाँसको चोयाबाट ढक्की (बास्केट) बनाउने तालिम  सुरु भएको हो ।

महिला चेम्बर झापा र नेपाल उद्यमशील महिला संघ झापामा आवद्ध ३० जना महिलाहरूले तालिममा सहभागी जनाउने भएका छन् ।

झापामा दोस्रो पटक आयोजना भएको यस तालिममा आमा हस्तकला तथा प्रशिक्षण केन्द्र ललितपुर बाट आएका तारा थापा र रानु ठकुरी शाहले प्रशिक्षण दिने छन् ।

नेपाल सरकारले प्लाष्टिकका फूल आयात तथा बिक्रीमा प्रतिवद्ध गरेको छ तर पनि बजारमा प्रतिबन्धित फूलहरू बिक्रीका लागि राखिने गरेको पाइएको छ । विभिन्न होटल तथा समारोहमा प्रयोग गरिने काँचो फूल खर्चिलो र टिकाउ नहुने भएकोले नेपाली हस्तकला उत्पादनको १० लाख बजेटमा खोसलाको फूल र बाँसको बास्केट बनाउने तालिम सुरु गरिएको कार्यक्रमका अध्यक्ष ओमकृष्ण विमलीले बताए । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर