काठमाडौं – नेपाली बजारमा सुनको मूल्य महंगिएको छ। आज दुई सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य एक लाख सात सय पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार दुई सय रुपैयाँले बढेर प्रतितोला सुन एक लाख सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज तेजावी सुनको मूल्य एक लाख दुई सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।
आज चाँदीको मूल्य भने स्थिर छ।

चाँदीको मूल्य प्रतितोला १३९० रुपैयाँ पुगेको छ।
अघिल्लो कारोबार दिन सोमबार प्रतितोला चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
Views: 296


