झापा-शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकार वालाको भुमिका विषयक अन्तरक्रिया झापाको बिर्तामोडमा सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समिति, झापाको आयोजना तथा बिराट सामुदायिक अध्ययन केन्द्र झापाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल प्रदेश १ समिति अध्यक्ष मोहन प्रसाद ओली, नेपाल सरकारका पुर्ब उपसचिव युवराज पाण्डेद्धारा तयार पारिएको शैक्षीक गुणस्तर अभिबृद्धीमा सरोकारवालाको भुमिका सम्बन्धी कार्यपत्र २०७९ प्रस्तुत गरियो । बिराट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मोहन सिवाकोटीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो ।
कार्यपत्र माथि मेचि बहुमुखी क्याम्पसका प्रमुख डा.राजेन्द« अधिकारी टिप्पणी गर्नुभयो । गौरादह नगर शिक्षा शाखा प्रमुख टेक नाथ रेग्मी, जिल्ला शिक्ष समन्वय ईकाइ प्रमुख राजकुमार विश्वकर्मा, शैक्षीक अभियान्या होम भण्डारी, फणिन्द« नेपाल, भवानी ओली र पत्रकार इन्द«सिंह राजवंशीले सुझाव दिनुभयो । कार्यपत्र प्रस्तुतकर्ताका तर्फबाट टंक सेडाईले उठेका टिप्पणीको सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
शिक्षाका लागि राष्ट्रिय अभियान झापाको अध्यक्ष अर्जुन कुमार पाठकको अध्यक्षतामा भएको कार्यक्रममा संघिय सांसद कालुराम राईको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समित झापाकी उपाध्यक्ष सान्ता रोक्काको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, गौरिगंज गाउँपालिका अध्यक्ष फुलवती राजवंशी, शिवसताक्षी नगरपालिका उप प्रमुख नरमाया कार्की, कमल गाउँपालिका शिक्षा अधिकृत सुर्य प्रसाद न्यौपाने ,गौरिगंज गाउँपालिका शिक्षा अधिकृत टंक प्रसाद खरेल, हल्बिारी गाउँपालिका शिक्षा अधिकृत जनक कुमारी राई लगायतका शिक्षासँग सरोकार राख्ने ब्यक्तीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण रुद्र सिटौलाले गर्नुभयो ।