

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा जाने नजाने बारेमा छलफल गृहकार्य गरिरहेको छ । अहिले बसिरहेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारमा जाने विषयमा निर्णय भने भइसकेको छैन । तर अधिकांश नेताहरूले सरकारमा जानु पर्ने धारणा राखेको एक नेताले बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गर्ने निर्णय गरेको राप्रपा सरकारमा सहभागी हुने बारेमा अनिर्णीत हुँदै आएको थियो । तर, आजको बैठकमा सहभागी अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव दिएसँगै पार्टी सरकारमा जान सक्ने सम्भावना धेरै रहेको उनले बताए ।
बैठकमा निर्देशन समिति गठन, लेबी र सांसदको स्वकीय सचिव नियुक्ति, पार्टी हित विपरीत गतिविधि गर्नेलाई कारवाहीलगायत विषयमा पनि छलफल भएको बताइएको छ ।

Views: 89

