Aamsanchar

उपप्रधानमन्त्री रवि लामिछाने पुगे राहदानी विभाग

Author Image
बुधवार, पौष १३, २०७९

काठमाडौं –उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् । बुधबार दिउँसो उनी त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् ।

पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो । मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।

Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर