Aamsanchar

देउरालीमा पिकनिक खान गएका युवाहरुबीच खुकुरी हानाहान

Author Image
शनिवार, पौष १६, २०७९

गुल्मी : जिल्लाको मदाने गाउँपालिका ६ स्थित पर्यटकीयस्थल क्वान्के देउरालीमा पिकनिक खान गएका युवाहरुबीच खुकुरी हानाहान भएको छ। दुई समूहबाट पिकनिक खान गएका युवाहरुबीच विवाद हुँदा खुकुरी हानाहान भएको हो।

खुकुरी प्रहारबाट स्थानीय १८ वर्षीय सन्तोष कुवँको दाइने हातमा गम्भीर चोट लागेको छ।

उनको अहिले अर्घाखाँचीको सन्धिखर्कमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।

मासु काट्न लगेको खुकुरी प्रयोग भएको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गर्ने मदाने ६ पुर्कोटदहका ३३ वर्षीय रमेश परियार र झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठानका १८ वर्षीय प्रशान्त परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 610

प्रतिक्रिया (०)

सम्बन्धित खबर