Aamsanchar

देवी माध्यमिक बिद्यालयले ६० औं बार्षिकोत्सव मनायो

Author Image
मङ्गलवार, पौष १९, २०७९

बिर्तामोड । झापाको विर्तामोड ५ मा रहेको देवी माध्यमिक बिद्यालयले ६० औं बार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । बिद्यालयले मंगलबार (आज) बिद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान र सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरेर बार्षिकोत्सव मनाएको हो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आशिष बनको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाता तथा पूर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टोरुप प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा पूर्व बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष तथा परिवार सम्मान तथा निर्वतमान समितिलाई सम्मान, अवकाश प्राप्त शिक्षकलाई सम्मान, दीर्घसेवी शिक्षक तथा कर्मचारीलाई सम्मान, जग्गादातालाई अभिनन्दन, मानबहादुर–भगवती गिरी छात्रबृत्ति अक्षयकोषको छात्रबृत्ति वितरण, एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान गरिएको थियो । त्यसैगरी सञ्जु पाण्डे डाँगी स्मृति छात्रवृत्ति अक्षयकोषबाट कक्षा ११ का दुईजना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

अवकाश प्राप्त शिक्षक गीता अधिकारी थपलिया, बद्रीप्रसाद भट्टराई, किरण गौतम, दीर्घसेवी शिक्षक तथा कर्मचारी सुशिला सुवेदी, गीता कट्टेल, महेश्वरी शर्मा बांस्कोटा र कमल श्रेष्ठलाई सम्मान गरिएको छ । जग्गादाता टोरुप प्रसाईलाई अभिनन्दन, निर्वतमान बिद्यालय ब्यवस्थापन समितिका राजेन्द्रप्रसाद लिङ्देन, मालती राजवंशी बिक, दीपक मेन्याङ्वो, सृजना अग्रवाल र धनबहादुर पोखरेललाई सम्मान गरिएको छ ।

त्यसैगरी मानबहादुर–भगवती गिरी छात्रबृत्ति अक्षयकोषबाट कक्षा १ की दिया भण्डारी, कक्षा ५ की सपना राई, कक्षा ९ की पूजा बोहोरा, कक्षा १० का दिवाना राई र बिशाल चौधरी, कक्षा ११ का बिशाल गिरी र साजन इवारम, कक्षा १२ का प्रेमिका पाण्डे र दिपेश मिश्रलाई छात्रबृत्ति प्रदान गरिएको छ ।

उत्कृष्ट बिद्यार्थी सम्मान अन्तरगत एसईईमा उत्कृष्ट नतिजा ल्याउने कोमल ओली र प्रवेश हेम्ब्या र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने इच्छा धमला र तोशन गौतमलाई सम्मान गरिएको थियो । त्यस्तै सञ्जु पाण्डे डाँगी स्मृति अक्षयकोषको तर्फबाट कक्षा ११ कि रेसिना डाँगी र दिया चौधरीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

जग्गादाता खनपरुदे स्व।रामबाबु प्रसाईको शालिक शिलान्याससमेत गरिएको थियो । कार्यक्रममा संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेबी, शिक्षाप्रेमीलगायतको बाक्लो उपस्थिति रहेको थियो । स्वागत तथा बिद्यालयको प्रतिवेदन बिद्यालयकी प्रधानाध्यपक अम्बिका श्रेष्ठले गरेको कार्यक्रमको सञ्चालन शिक्षक लीला भण्डारीले गरेका थिए ।

बिद्यालयमा करिव चार हजार बिद्यार्थी तथा १ सय ५० बढी शिक्षक शिक्षिका रहेको बिद्यालयका शिक्षक चिरञ्जीवी श्रेष्ठले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)