

बिराटनगर । झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानहरुमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान ७ बजे झापाको कमल गाउपालिका(५ लवडाँडा स्थित राजमार्गमा प्रदेश १–०१–०१६ प २०९४ नम्बरको स्कुटर र बिपरित दिशाबाट जाँदै गरेको मे २ प २१५७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा प्रदेश १–०१–०१५ प ७४८७ नम्बरको स्कुटर समेतलाई ठक्कर दिई घाईते भएका मोटरसाईकल चालक मिक्कलाजुङ–७ मोरङका ३८ बर्षीय नरेन्द्र सेलिङको उपचारको लागि लाईफलाईन अस्पताल दमक तर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको हो भने मोटरसाईकलमा सवार शिवसताक्षी–९ का २४ बर्षीय मनोज लिम्बुको सोहि अस्पतालमा उपचार भईरहेको छ । त्यसै गरि मोरङको उर्लाबारी नगरपालिका–७ स्थित इटहरी सडक खण्डमा प्रदेश १–०२–०४२ प ८४०४ नम्बरको स्कुटरले ठक्कर दिदा घाईते भएका पैदल यात्री ६५ बर्षीय खड्का बहादुर लिम्बुको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

घटनामा संलग्न ठक्कर दिने स्कुटर चालक ईलामका ३५ बर्षीय सन्तोष लिम्बु, ओखलढुङ्गाका २४ बर्षीय तेजराज कटुवाल र मोरङका १८ बर्षीय उत्तम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

