Aamsanchar

सुनको मूल्यले रेकर्ड कामय गरेसँगै पुराना गहना बेच्ने बढे, सुन आयात सिफारिस रोक्का

Author Image
बिहिवार, पौष २१, २०७९

काठमाडौं – सुनको मूल्यले रेकर्ड कामय गरेसँगै बजारमा पुराना गहना बेच्नेको संख्या बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

पुराना गहना बेच्नेको भीड बढ्न थालेसँगै बजारमा नयाँ गहनाको बिक्री ठप्प भएर बैंकमा सुन थुप्रिएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।उनकाअनुसार बजारमा नयाँ गहनाको बिक्री रोकिए पछि बैंकमा अहिले एक सय किलो हाराहारी सुन थुप्रिएको छ । बजारमा नबिक्ने र बैंकमा सुन थुप्रिने भएपछि सुनको आयात सिफारिस समेत रोक्का गरिएको महासचिव बज्राचार्यले बताए ।महासंघको आग्रहमा बैंकर्स संघले बैंकहरुलाई सुन आयातको सिफारिस नदिएको पनि उनले बताए । अन्तर्राष्ट्रिय बजारमा डलर थप मजबुत बन्दै जाँदा त्यसको असर सुनमा पनि देखिएको महासंघको अनुमान छ । मूल्य अझै कति अस्थिर हुने भन्ने निश्चित नभएका कारण सुन बजार पर्ख र हेरको अवस्थामा रहेको महासचिव बज्राचार्यले बताए । सामान्य अवस्थामा नेपाली बजारमा दैनिक १५ देखि २० किलो सुनको बिक्री हुनेगरेको महासंघले जनाएको छ ।

Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२