Aamsanchar

महिलासँग ब्ल्याकमेल गरेको आरोप लागेका सशस्त्र प्रहरीका भगौडा भट्ट पक्राउ

Author Image
बिहिवार, पौष २१, २०७९

कैलाली । महिलासँग ब्ल्याकमेल गरेको आरोप लागेका सशस्त्र प्रहरीका भगौडा पदमराज भट्ट पक्राउ परेका छन् । कैलाली प्रहरीले उनलाई धनगढीबाट पक्राउ गरेको हो।

ठगीमा संलग्न नटवरलाल अर्थात पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनु भयो । विभिन्न ठगी र अपराधमा संलग्न उनी यसअघि कारागार बसिसकेका व्यक्ति हुन् ।

उनी पाँच वर्षदेखि सुदूरपश्चिममा बसेर संगठित रुपमै विभिन्न अपराध गर्दै आएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रवक्ता जाेशीले बताउनु भयाे ।

भट्ट चिटिक्क परेर विशेष गरी महिलाहरुसँग नजिक भएर संगठित रुपमै ठगी गर्दै आएकाे प्रवक्ता जाेशीले बताउनु भयाे ।

समय परिवेशअनुसार नटवरलाल आफ्नो व्यक्तित्व परिवर्तन गर्न माहिर रहेको प्रहरीको भनाइ छ। ठगीका अनेक उपायमा उनी पोख्त छन् । उनी विशेष गरी महिलाहरुलाई ठग्न संगठित रुपमै लागेका छन् ।

नटवरलालले अहिलेसम्म डोटी, कैलाली र कञ्चनपुरमा गरी दर्जनौँ महिलाहरुलाई ठगी गरिसकेका छन् । महिलाहरुलाई आर्थिक प्रलोभवनमा पारेर नटवरलाले संगठित रुपमै ठगी धन्दा चलाइरहेका प्रहरीले बताएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर