Aamsanchar

माटाका पुराना भाडाहरू फुटाएर छ्याला पुन्ही मनाइयाे

Author Image
शुक्रवार, पौष २२, २०७९

भक्तपुर : चोक, दोबाटो, चौबाटोहरूमा माटाका पुराना भाडाहरू फुटाएर शुक्रबार भक्तपुरमा छ्याला पुन्ही मनाइएको छ। यसलाई मिला पुन्ही पनि भनिन्छ।

मिला महिना अर्थात आगो ताप्ने महिना भएकाले मिला पुन्ही भन्ने गरिएको छ। माघ महिनामा धेरै जाडो हुने भएकाले यो महिनामा आगो बालेर ताप्ने चलन छ।

युवा संस्कृतिविद् ओम धौभडेलका अनुसार छ्याला पुन्हिको दिनमा मात्र माटाको भाडा फुटाउने परम्परा रहेको छ।

नेवार समुदायमा माटाका भाडा वर्षमा एक पटक फाल्न लाने र एकपटक भित्र्याउने परम्पराअन्तर्गत छ्याला पुन्हीको दिन फाल्न लाने र दशैंमा भित्र्याउने परम्परा रहेको संस्कृतिविद् धौभडेलले बताए।

उनका अनुसार अहिले जस्तो प्लास्टिक, पितल, तामाको भाडाकुडाहरू नभएको बेलामा पहिला खाना पकाउनेदेखि लिएर सबै चिजका लागि माटाको भाडाकुडाहरू प्रयोग हुने गर्दथ्यो।

चिरा परेका, काम नलाग्ने भाडा घरमा राखिराख्दा अशुभ हुने जनविश्वासका साथ वर्षमा एकपटक छ्याला पुन्हीका दिन भाडा चोकमा फालिने गरेको उनी सुनाउँछन्।

उनले अरूबेला भाडा फाल्दा फोहोर हुने भएकाले एकैदिन सबैले आफ्नो नजिको चोकमा भाडा फाल्न प्रचलन रहेको बताउँछन्।

‘छ्याला पुन्हिको दिन टोलको मध्यभागमा रहेको छ्वास (टोलको चौबाटोमा रहेको ठूलो ढुंगा) मा माटाको भाडाहरू फालिन्छ’, उनले भने।

छ्यास भन्नाले नगरको अथवा टोलको रक्षा गर्ने देवता र नेपाली भाषामा खस्तिका देवी (अजिमा) भन्ने गरिन्छ, थपे उनले। भाडाहरू फाल्ने भनेर जहाँ पायो त्यही नफाल्ने उनको भनाइ छ।

यो दिनलाई वर्षको फोहर फाल्ने अन्तिम तोकिएको दिन हो। यसरी यो दिन नगरभरिका दर्जनौ ठाउँमा भाडा फुटाइराखेको देखिन्छ।

पर्वलाई जीवन्तता दिनसके एकातिर परम्परागत भाँडाकुँडा बनाउने पेशा जगेर्ना हुने र अर्कोतिर संस्कृति जीवन्त हुने एकथरी मानिसको विश्वास छ।

माटाका भाडाको स्थान प्लाष्टिकका भाडाले लिन थालेको छ। यसकारण यहाँका माटाका भाडाकुँडा बनाउने कुमालेहरू पनि व्यवसायबाट पलायन हुन थालेका छन्।

नेवार समाजको सभ्यताको सुरुवातदेखि नै यो प्रचलन चलेको बताइन्छ। साथै अहिलेको परिस्थिति हेर्दा यो पर्व लोप हुन सक्नेतर्फ पर्वप्रेमीहरू चिन्ता प्रकट गर्छन्।

अरू सबै पुन्ही, जात्रा पर्वमा भोज खाने गरिए पनि यो दिन भने कुनै भोज हुँदैन। सामान्यतया यही माटाका भाडाहरू फाल्न लाने मात्रै गरिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)