Aamsanchar

एक वर्षमै विद्यार्थीको विश्वास जित्न सफल बिर्तामोडको ग्लोबल नेपाल  

Author Image
शुक्रवार, पौष २२, २०७९

प्रमुख कार्यकारी निर्देशक सचिनराज खड्गी ।

बिर्तामोड । गतवर्ष झापाको विर्तामोड –२ मा स्थापना भएको शैक्षिक परामर्श दाता ग्लोबल नेपाल इनटरनेशनल एजुकेशनले स्थापनाको पहिलो सफल वर्ष बनाएको छ ।

मुख्य कार्यलयको रुपमा रहेको ग्लोबलले स्थापनाको छोटो समयमा उद्देश्य अनुसार थुप्रै विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक परामर्श साथै शैक्षिक भिसा उपलब्ध गराउन सहजीकरण गरेको आज आयोजित प्रथम स्थापना दिवस कार्यक्रममा ल्गोलवल का प्रमुख कार्यकारी निर्देशक सचिनराज खड्गीले जानकारी दिए ।

‘झापामा स्थापना भएका थुपै्र शैक्षिक परामर्श दाता कम्पनीहरूको भिडमा स्थापना भएको ग्लोबलले १ वर्षमै धेरै विद्यार्थी र अभिभावकको विश्वास प्राप्त गर्न सफल बनेको छ । यो समयमा झापा, इलाम, मोरङ र काठमाडौंका विद्यार्थी, अभिभावकहरूले परामर्श लिनु भएको छ । हामी हुन सक्ने मात्र कुरा गछौँ  गर्न मिल्ने काम मात्र गर्ने गरेका छौं, हाल अस्ट्रेलिया सरकारले शैक्षिक, आर्थिक रुपमा सबल भएका विद्यार्थीहरूलाई मात्र अध्ययन भिसा दिने गरेको छ । यो विषयमा हामिले सुरुमै विद्यार्थी अभिभावकलाई जानकारी दिन्छौं यो एउटा हामी प्रति विश्वास बढ्ने आधार हो । त्यस पछि हामी स्थानीय भएकाले विद्यार्थी, अभिभावकहरूमा हामी प्रतिको विश्वास बढेको महसुस गरेको’ निर्देशक खड्गीले बताए ।

मेनेजिङ डाइरेक्टर शोभा प्रधान ।

यस अवधीमा करिव ५० जनाले आएल्स कक्षा दिइसकेका छन् । केहीको भिसा लागिसकेको छ । केहीको भिसा अपील गरिएको छ । धेरैलाई स्टेटमेन्ट अफ प्रपोज सेशन, करियर काउन्सिलिङ दिइसकेको मेनेजिङ डाइरेक्टर शोभा प्रधानले जानकारी दिईन ।

ग्लोबलले यूएसए, अष्ट्रेलिया, क्यानडा, युके, न्युजिल्याण्ड र जापान देशहरूमा शैक्षिक अध्यक्षका लागि विद्यार्थीहरू पठाउने गरेको छ । अध्ययनका लागि धेरै विद्यार्थीहरूको आकर्षणको केन्द्र देश अष्ट्रेलिया रहेको छ । तर पछिल्लो वर्ष यता अष्ट्रेलियाको लागि कागजात, आर्थिक श्रोत, विभिन्न प्रमाणका कागजातको कारण शिक्षामा अब्बल भएपनि अष्ट्रेलिया आजबाट विद्यार्थीहरू बर्जित हुनु परेको अवस्था छ । तर शैक्षिक योग्यता पुगेका तर कम आर्थिक श्रोत भएकाहरूका लागि युके अध्ययनमा जान सजिलो रहेको ग्लोबल नेपालले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर