Aamsanchar

अर्जुनधाराको साधुटार शङ्कराचार्य पीठमा विराट महायज्ञ हुने

Author Image
शुक्रवार, पौष २२, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ मा रहेको श्री शङ्कराचार्य पीठको ४७ औं वार्षिकोत्सवको अवसरमा श्रीमद्ब्रह्वैवर्त महापुराण पाठ कथा प्रवचन गायत्री लक्ष्य हवनान्तमक विराट गोपाल महायज्ञ योजना हुने भएको छ ।

आगामी माघ १ गते देखि १० गते सम्म आयोजना हुने महायज्ञमा भारतका प्रसिद्ध धर्मगुरु आचार्य श्री शीतलकृष्ण महाराजको प्रमुख व्यास र पण्डित सोमनाथ खतिवडा, आचार्य श्री हाकिमप्रसाद भण्डारीले उपव्यासकत्वमा प्रवचन तथा पाठ हुने श्री शङ्कराचार्य पीठ का व्यासचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।

आध्यात्मिक जागरण मानव सचेतना, दैनिक रु १ दान एघार करोडको अक्षयकोष स्थापना महाअभियान विस्तार, गौशला सुदृढ व्यवस्थापनका लागि पुननिर्माण, नियमित गौआहाराको व्यस्था संस्थाको  सर्वाङ्गीण विकास गर्ने लक्ष श्री शङ्कराचार्य पीठको  रहेको छ ।

५ बिघा क्षेत्रफलमा रहेको धार्मिक स्थलमा वेदवेदाङ्ग संस्कृत पाठशाला, सिद्धेश्वरी कामना गौशाला, सयौं बर्ष पुरानो समी वृक्ष, शिवालयल गायतका संरचनाहरू स्थापित भइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर