Aamsanchar

सुस्त मनस्थिति भएकी महिला र १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने पक्राउ

Author Image
शनिवार, पौष २३, २०७९

काठमाडौं – रुपन्देहीमा सुस्त मनस्थिति भएकी महिला र १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् ।

शारीरिक रुपमा अपांगता भएकी र सुस्त मनस्थितीकी २३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा कञ्चन गाउँपालिका-३ का ३० वर्षीय राजेन्द्र अधिकारी पक्राउ परेका हुन् ।उनले यही पुस २१ गते साँझको समयमा ती महिला घरमा एक्लै भएको बेला शौचालयमा लगी जबरजस्ती करणी गर्न खोजेको आरोप छ ।अधिकारीविरुद्ध जबरजस्ती करणी कसुरअन्तरगत अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लालझण्डीले जनाएको छ ।यस्तै, १५ वर्षीया बालिकालाई करणी गर्न खोजेको आरोपमा सैनामैनाका २५ वर्षीय मधु सोमरे पक्राउ परेका छन् ।बालिका घरमा एक्लै भएको बेलामा मधुले आगो ताप्ने बहानामा जबरजस्ती करणी गर्न खोजेको प्रहरीले जनाएको छ । उनीविरुद्ध जवरजस्ती करणी उद्योग कसुरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर