Aamsanchar

कनकाई सामुदायिक वनको साधारणसभामा सञ्चारकर्मी सहित दर्जनौं सम्मानित

Author Image
शनिवार, पौष २३, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका स्थित तराईकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वनको २४ औं साधारणसभामा सञ्चारकर्मी चुडामणि तिम्सिना (सीएम शर्मा) सहित दर्जनौं सम्मानित भएका छन् ।

ठोस खबर डट कमका सञ्चालक र सम्पादक तिम्सिनाले सञ्चार माध्यमबाट वन क्षेत्रको संरक्षण, संवर्द्धन र विकासमा पुर्याएको सहयोगको मूल्यांकन गर्दै वन समूहले समूहको साधारणसभाको अवसरमा तिम्सिनालाई नगद सहित सम्मान गरेको हो ।

त्यसैगरी कार्यक्रममा वन समुहका कर्मचारी मोतीबहादुर मगरलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो । साथै उत्कृष्ट नतिजा तथा जेहनदार विद्यार्थी तर्फ उपभोक्ता सदस्यका  छोराछोरीहरू रिजन सुवेदी, अनुषा राई, रोशन ( प्रनिषबाबु ) , निरुपण प्रसाईं, निर्मला रिजाल, विमर्श दाहाललाई प्रोत्साहन स्वरुप नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको छ । त्यसै गरि फरक क्षमता भएका मोहन बहादुर गुरुङ, ज्ञानबहादुर लिम्बू , पञ्चशिला भुजेल, डम्बरबहादुर दर्जी र वीरबहादुर लिम्बूलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा समुहको दसौं समितिको कार्यकाल चलिरहँदा पू्र्व कार्य समितिलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिदै पाचौँ पूर्व कार्यसमितिका पदाधिकारी हरूलाई सम्मान गरिएको छ । त्यस्तै दसौं कार्यसमिति छनौटका निमित्त जिम्मेवारी निर्वाह गरेर कार्य सम्पन्न गरेको निर्वाचन समितिलाई पनि सम्मान गरिएको छ ।

जेष्ठनागरिक तर्फ दलबहादुर कटुवाल, पवित्रा देवी तिम्सिना, चन्द्र प्रसाद उप्रेती, लिलादेवी चापागाईं, मकरध्वज सुवेदी , टिकादेवी मैनाली, पुण्यप्रसाद मैनाली, बाले मुर्मु मातालाई ज्येष्ठ नागरिकको रुपमा अभिनन्दन सहित कपडा र नगद बाट सम्मान गरिएको छ ।

वन सँग प्रत्यक्ष जोडिएका ३४१७ घर धुरी सदस्य रहेको वन समुहको साधारणसभामा अध्यक्ष मेख ओलीले वन संरक्षण समिति लगायत ९ औं कार्यसमितिको चौथो वर्षको कार्यक्रमको मूल्यांकन साथै दशौ कार्यसमितिको प्रथम वर्षको वार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
तस्तै अध्यक्ष ओलीले आर्थिक वर्ष २०७८/२०७९ मा समुहबाट सञ्चालन गरिएका विभिन्न योजना तथा कार्यक्रम र आगामी दिनमा समुहबाट सञ्चालन गरिने नीति तथा कार्यक्रमका साथै चालू आर्थिक वर्ष २०७९/२०८० मा विभिन्न शिर्षक बाट आम्दानी तर्फ र खर्च तर्फ समेतको अनुमानित आय व्यय १ करोड ८९ हजार २ सय ३७ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी बन समुहका कोषाध्यक्ष तथा बजेट तथा कार्यक्रम निर्माण समितिका संयोजक श्री प्रसाद खरेलले समुहको २०७८ श्रावण १ गते देखि २०७९ असार मसान्तसम्ममा समुहलाई १० लाख १२ हजार ७ सय ८५ रुपैयाँ दायित्व रहेको लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै खरेलले समुहको २०७९/२०८० को अनुमानित आम्दानी तथा खर्चको वार्षिक कार्यक्रम समेटिएको प्रतिवेदन समेत सभामा पेस गर्नुभएको थियो ।

कार्यक्रमको बन्द सत्रमा अध्यक्ष र कोषाध्यक्ष बाट प्रस्तुत गरिएको प्रतिवेदनमा व्यापक छलफल गरिएको थीयो । छलफलपछि दुबै प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । बन्दसत्रमा माइन्युट लेखनको जिम्मेवारी समुहका कार्यलय सचिव नेत्र भट्टराई र सल्लाहकार भीष्म मैनालिले सम्हाल्नु भएको थियो भने माईन्युट प्रमाणीकरण डा। पुण्य प्रसाद पौडेल , कमल मैनाली , तिर्थ खरेल , हरि प्रसाद सेडाई र चन्द्र मैनाली भतिजले गर्नु भएको थियो ।

‘वन संरक्षण गरौ देशको वातावरण जोगाऔं’  भन्ने मुल नाराका शनिबार वन समुहको प्राङ्गणमा समुहका अध्यक्ष ख्यामप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु प्रदेश सभा सदस्य माननीय राधाकृष्ण खनाल , भक्तिप्रसाद सिटौला , लखी गणेश , पुर्व मन्त्री तथा पुर्व प्रदेश शभा सदस्य हिराकुमार थापा , कनकाई नगर उप प्रमुख आशा शर्मा शिवाकोटी , सव डिभिजन वन कार्यलय सुरुङ्गाका प्रमुख शुरेस कुमार खनाल , राजनीति दल तर्फबाट दुर्गा प्रसाईं र कनकाई वडा नं. ४ का वडा अध्यक्ष रोशन सुवेदीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
समुहको सचिव मान्तादेवि काफ्ले खरेलको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष ललित बहादुर कार्कीले स्वागत गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)