

मोरङ । प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ। एमालेको नेतृत्वमा सरकार गठन गर्न शिर्ष नेतृत्वमा सहमति बनेको श्रोतको भनाई छ।

शिर्ष नेतृत्वमा सहमति भएसँगै मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आईतबार प्रदेश प्रमुख समक्ष दाबी पेश गर्दैछन्। प्रदेश प्रमुख पर्शुराम खापुङले आईतबार (आज) साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न पुस १७ गते आह्वान गरेका थिए। ७ दिनको समयसीमाको अन्तिम दिन एमाले दलका नेता कार्कीले दाबी पेश गर्न लागेका हुन्।
प्रदेश सभामा कुनैपनि दलको बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेशसिभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने ब्यवस्था अनुसार कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक सांसद गरी ६० जनाको समर्थन पेश गर्न लागेका हुन्।


