Aamsanchar

सुन तोलामा १ हजार रुपैयाँले बढ्याे

Author Image
आइतवार, पौष २४, २०७९

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले बढेको हो ।

गत शुक्रबार १ लाख २ हजार ३०० मा कारोबार भएको छापावाल सुन आज तोलामा १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, तेजवी सुन १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । आज चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२