Aamsanchar

आफ्नै घरमा आगो लगाउँदा जलेर एक जनाकाे मृत्यु

Author Image
आइतवार, पौष २४, २०७९

दैलेख : दैलेखको भैरवी गाउँपालिका–४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाउँदा जलेर मृत्यु भएको छ। बिकले शनिबार साँझ आफ्नै घरमा आगो लगाउँदा उनको जलेर मृत्यु भएको दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए।

नरेशले शनिबार साँझ साढे ७ बजेतिर आफ्नै कच्ची घरमा आगो लगाएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि राति साढे ११ बजेतिर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मजदुरीका लागि भारत काम गर्न गएका नरेशकी छोरीले केही महिनाअघि आत्महत्या गरेकी थिइन्। मानसिक रूपमा विक्षिप्तजस्ता देखिने नरेशले दुई दिनअघि पत्नीसहित ४ छोराछोरीलाई छिमेकीकोमा बस्न पठाई आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ।

घर जलेर करिब ३ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर