Aamsanchar

कनकाईका जनप्रतिनिधिले घर घर मै पुर्याई दिए धनीपुर्जा, २७ घरपरिवार लाभान्भित

Author Image
आइतवार, पौष २४, २०७९

कनकाई ।  झापा कनकाई नगरपालिका ८ का २७ घरपरिवारलाई जग्गा धनीपुर्जा बितरण गरिएको छ । आज नगरपालिका कार्यालय एक कार्यक्रमका बिच र घर घरमै पुगेर जनप्रतिनिधिहरूले  धनीपुर्जा वितरण गरेको हो ।

वर्षौ देखि भोगचलन गर्दै आइरहे पनि धनीपुर्जा विहीन २७ घरपरिवारलाई जग्गाको धनीपुर्जा बितरण गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

जग्गा धनीपुर्जा २० जनालाई सुकुम्बासीका रुपमा निशुल्क र ७ जनालाई अव्यवस्थित बसोवासीका आधारमा केही शुल्क लिएर धनीपुर्जा बितरण गरिएको नगरप्रमुख पोखरेलले जानकारी दिए ।

जग्गाधनीलाई राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, जिल्ला अध्यक्ष तिलक पाण्डे, नगरप्रमुख पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी लगायतले जग्गाको पुर्जा प्रदान गरेका थिए ।

जग्गाको लालपुर्जा वितरण गर्दै राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले विभिन्न प्राविधिक कठिनाइ र राजनैतिक फेरबदलका कारण नेपालमा विभिन्न २३ वटा भूमि आयोग गठन भएपनि जनताले पूर्णरुपमा धनीपुर्जा पाउन नसकिएको बताए ।

कनकाई नगरपालिकामा ७ हजार घरपरिवारले सुकुम्बासी र अव्यवस्थित बसोवासीको जग्गा धनीपुर्जा को फर्म भरे पनि आशातित काम भने हुन नपाएको कनकाई नगरपालिकाकी भूमि शाखा संयोजक रञ्जिता कट्टेलले बताइन ।

नगरपालिकाका सबै ९ वटै वार्ड हरुमा धनीपुर्जा का लागि तथ्याङ्क संकलन रुजु र नापी समेतका प्राय कामहरू सकिसकेको कट्टेलले जानकारी दिइन ।

धनीपुर्जा पाएपछि बल्ल आफूहरू नेपाली भएको महसुस भएको धनीपुर्जा लिएपछि कनकाई ८ कि मनमाया जोगीले स्थानीय सरकारलाई धन्यवाद दिएकी छन् ।  आफूले बसोबास गरिरहेको ५ धुर जमिन पनि कसैले आएर छाड भन्छ कि भन्ने डर थियो अब कम्तीमा ढुक्क भएकामा जोगीले खुशी व्यक्त गरेकी छन् ।  आफ्ना हजुरबुबा समेत ऐलानी जमिनमा बसेको र बाबु हुँदै आफ्ना पालामा समेत ऐलानी जग्गाबाटै अंशमा उक्त जमिन पाएको जोगीको भनाई छ ।

जोगीले बसोवासको ५० वर्षमा बल्ल  जोगीले लालपुर्जा पाएकी हुन् ।

जग्गाको धनीपुर्जा नपाउँदा दोस्रो दर्जाको नागरिकको जस्तो भएर हेपिएर बस्नुपरेको कनकाई ८ का टिकाराम लुइटेलले भनाई छ ।

कम्तीमा १० वर्षसम्म बिक्री बितरण गर्न नपाउने गरि धनीपुर्जा बितरण गरिएको नगरप्रमुख पोखरेलले आमसंचारलाई जानकारी दिए । आगामी दिनहरूमा क्रमश ५ नम्बर, ७ नम्बर र ३ नम्बर सहित वडाका सबै वार्ड हरुमा धनीपुर्जा वितरणको काम थालनी गरिने उपप्रमुख आशा शर्मा शिवाकोटीले जानकारी दिएकी छन् ।

यो पनि पढनुहोस् ।

कनकाईमा दोस्रो पटक पनि धनीपूर्जा वितरण हुन सकेन

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)