Aamsanchar

भरतपुर खानेपानीमा निर्विरोध समिति चयन

Author Image
सोमवार, पौष २५, २०७९

दाङ । भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समिति घोराही दाङको अध्यक्षमा शंकर गौतम छैटौँ कार्यकालका लागि निर्विरोध निर्वाचित हुनु भएको छ । समितिको २० औं वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले गौतमलाई निर्विरोध निर्वाचित गरेको हो । गौतमले २०६४ सालयता भरतपुर खानेपानी समितिको नेतृत्व सम्हाल्नु भएको छ । त्यस अघि गौतम एक कार्यकाल समितिको कोषाध्यक्षमा रहेर काम गर्नु भएको थियो ।
समितिको उपाध्यक्षमा जंगबहादुर जि।सी।, सचिवमा एकेन्द्रबहादुर राना, सह—सचिवमा मीनराज लम्साल र कोषाध्यक्षमा डोमाकान्त अधिकारी निर्विरोध निर्वाचित हुनु भएको छ । समितिको महिला सदस्यहरूमा सिवा श्रेष्ठ, गीता पोख्रेल, मुना पोख्रेल, सुनिता आचार्य र गोवादरी श्रेष्ठ र खुला सदस्यमा शान्तराज अधिकारी निर्विरोध निर्वाचित हुनु भएको छ । खुला सदस्य शान्तराज अधिकारी नयाँ कार्य समिति सदस्यको रुपमा चयन हुनु भएको छ भने अन्य पदाधिकारी र सदस्य पुरानै हुनुहुन्छ ।  भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा करिव १ हजार ३ सय उपभोक्ता रहेका छन ।

शनिबारदेखि शुरु भएको अधिवेशनको निर्धारित कार्यक्रम अनुसार आज दिउँसोसम्म सिमित पदमा मात्रै उम्मेदवारी परेको र उम्मेदवारी परेका मध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि नयाँ समितिलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्दै नवनिर्वाचित समितिलाई सपथ पनि खुवाइएको छ । प्रमुख निर्वाचन अधिकृत निर्मल गौतमले नव निर्वाचित अध्यक्ष शंकर गौतमलाई र अध्यक्ष गौतमले अन्य पदाधिकारी र सदस्यहरूलाई पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको थियो ।

नवनिर्वाचित कार्यसमितिको आजै बसेको पहिलो बैठकले आफूहरूलाई आम सहमतिमा जिम्बेवारी सुम्पिने उपभोक्ता लगायत सम्वद्ध सबैलाई धन्यवाद दिदै उपभोक्ताको घरघरमा शुद्ध पिउने पानी अझ सहज रुपमा पू¥याउने काम लाग्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)