Aamsanchar

प्रचण्डलाई विश्वासको मत दिने देउवाले गरे प्रस्ताव, कार्य सम्पादनले के निर्णय गर्ला ?

Author Image
मङ्गलवार, पौष २६, २०७९

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका छन् ।

मंगलबार बिहान आफ्नै निवास धुम्बाराहीमा बसेको बैठकमा देउवाले विश्वासको मत दिनु पर्ने बताएका थिए । तर कांग्रेसका पदाधिकारीबीच एक मत हुन सकेन ।विश्वासको मत दिन नहुने मत राखेका नेताहरुले यसबारे केन्द्रीय समितिले निर्णय गर्नु पर्ने माग गरेका थिए ।तत्कालै केन्द्रीय समिति बैठक बस्न असंभव भएकाले कार्य सम्पादन समितिको बैठक बोलाइएको हो ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर