Aamsanchar

सन्दीपलाई तारिखमा छाड्न आदेश

Author Image
बिहिवार, पौष २८, २०७९

काठमाडौं – उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश उल्टाइदिएको छ।

इजलासले सन्दीपलाई तारिखमा छाड्न आदेश दिएको छ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले विहीबारको बहसपछि जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै आदेश उल्टाएको हो।

बहसमा सन्दिपको तर्फबाट उपस्थित कानुन व्यवसायीहरुले प्रत्यक्ष प्रमाणको अभावमा सन्दीपलाई थुनारमा राख्ने आदेश बेरितको रहेको जिकिर लिएका थिए। जाहरेवालाको बयानको आधारमा मात्र सन्दीपलाई थुनामा राख्न नहुने  तर्क गरेका थिए।

नाबालिग भन्दै आएकी जाहरेवाला पनि हालै प्राप्त प्रमाणको आधारले बालिग पुष्टि हुने देखिएको बहसमा उल्लेख गरिएको थियो। साथै इजलासलाई सन्दीपको मानसिक अवस्था विग्रिँदै गएको व्यवसायीले जानकारी दिएका थिए।

सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा र अधिवक्ताहरु सरोजकृष्ण घिमिरे, रोशनी पौडेल, मुरारी सापकोटा र सविता भण्डारीले गरेका थिए। त्यस्तै जाहरेवालाको तर्फबाट तीन जना कानुन व्यवसायी र सरकारको पक्षबाट एक जना सरकारी वकीलेले बहस गरेका हुन्।

दुवै पक्षको बहसपछि इजलासले जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै सो आदेश उल्टाएको छ। यस सँगै सन्दीपलाई पुर्पक्षका लागि धरौट लिई तारिखमा छाडेको छ।सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धराैटीमा छाड्न उच्च अदालतकाे आदेश दिएकाे हाे ।

Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर