Aamsanchar

छैटौँ राष्ट्रिय भाक्का दिवसको तयारी पुरा 

Author Image
बिहिवार, पौष २८, २०७९

झापा । राजवंशी समाज विकास समितिले आयोजना गरेको राष्ट्रिय भाक्का दिवसको तयारी पुरा भएको छ । समितिले विहीबार साँझ पत्रकार भेटघाटको आयोजना गर्दै भाक्का दिवसको तयारी पुरा भएको जनाएको हो । समाजका अध्यक्ष अभय राजवंशीले पुस २९ गते हरेक बर्ष राष्ट्रिय भाक्का दिवस मनाउँदै आएर र यो वर्ष पनि छैटौं राष्ट्रिय भाक्का दिवस मनाउन लागिएको बताएका छन ।

भाक्का दिवसको उद्घाटन सत्रमा श्री श्री १००८ हिमालयन पिठाधिश्वर स्वामी विरेन्द्रानन्द महामण्डलेश्वर जुना अखडा, भारतको लोकसभाका सांसद नवकुमार सह्रानिया, नेपाल हिन्दुराष्ट्र पुनस्थापना मञ्चका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष डा. विष्णु बराललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार भेटघाटमा जानकारी दिइयो ।

भाक्का दिवस बिर्तामोड स्थित सिटी सेन्टर परिसरमा आयोजना गरिदैछ । दिवसको उद्घाटन सत्रमा राजवंशीका परम्परागत भाक्काका परिकार, हुदुरधुरा, नेटुवा, पचालीलगायतका नृत्य समेत प्रर्दशन गरिने बताइएको छ ।

पत्रकार भेटघाटमा साउथ इन्डिया चियरमेन डा. श्री ए राजारमण, ग्लोबल नेपलिज सेफ फेडेरेसनका अध्यक्ष लक्षण भण्डारीलगायत सहभागी थिए । भाक्का दिवसमा भाक्काको विषयमा , ग्लोबल नेपलिज सेफ फेडेरेसनका अध्यक्ष भण्डारीले प्रकाश पार्ने कार्यक्रम रहेको बताइएको छ ।

राजवंशी विकास समितिका अध्यक्ष अभय राजवंशीसहित उपाध्यक्ष नौतली राजवंशी, कोषाध्यक्ष अनिल राजवंशी, जनजाति महिला महासङ्घकी केन्द्रिय सचिव सनम राजवंशीलगायत पत्रकार भेटघाटमा सहभागी दिए । 
 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर