Aamsanchar

लिम्बुवान भोलेन्टियर्स सङ्गठनले पाथिभरामा केबलकार सञ्चालन गर्न नदिने 

Author Image
सोमवार, माघ २, २०७९

बिर्तामोड ।  लिम्बुवान भोलेन्टियर्स सङ्गठनले ताप्लेजुङको पाथिभरा मन्दिरमा केबलकार सञ्चालन गर्न नदिने निर्णय गरेको छ । सुनसरीको धरानमा सम्पन्न केन्द्रिय भेलाले यस्तो निर्णय गरेका हो ।
आज (सोमबार)  बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत लिम्बुवान भोलेन्टियर्स सङ्गठनका पदाधिकारीहरूले १६ बुधे विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिको दुई नम्बर बुधामा यस्तो कुरा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको ‘हजारौं वर्ष अघि देखि रैथाने याक्थुङ्बा जातिहरूले आफ्नो आस्थाको धरोहर माननि ल्याएको पवित्र भूमि मुकुम्लुङ्मा आर्थिक उपार्जन र विकासको खोक्रो नारा दिएर केबलकार सञ्चालन गर्ने तयारी गरिएको प्रति लिम्बुवान भोलेन्टियर घोर आपिल व्यक्त गर्दछ । लिम्बूहरूको आस्थाको धरोहर मुकुम्लुङ (पाथिभरा देवी ) स्थललाई मौलिक रूपमै चल्न दिन केबलकारको योजनालाई स्थगित गर्न माग गर्दै केबलकार योजना अघि बढाए शान्तिपूर्ण शसक्त आन्दोलन गर्ने र पवित्र भूमि मुकुम्लुङ्लाई बचाउन शसक्त भूमिका निर्वाह गर्ने’ छ ।

लिम्बुवान भोलेन्टियर्स सङ्गठनले पहिचानको आधारमा लिम्बुवान सहितको १०ं+१ प्रान्तहरु स्थापना गर्ने र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मूल एजेण्डा बनाएको छ । प्रदेश १ को नामाकरणको विषयमा ‘लिम्बुवान किरात खम्बुवान’ हुनुपर्ने माग राखेको छ ।  याक्थुङ्वा लिम्बू लगायतका रैथाने भाषालाई लोकसेवामा आवद्ध गर्नु पर्ने माग राखेको छ । त्यस्तै भ्रष्टाचार उन्मूलन, सरकारी विद्यालयको गुणस्तर सुधारलगायतका विषयलाई कार्यन्वयन गर्न लिम्बुवान भोलेन्टियर्स सङ्गठनले विज्ञप्ति मार्फत सरकार समक्ष माग गरेको छ ।

पत्रकार भेटघाट कार्यक्रममा केन्द्रिय कमान्डर थाङसाङ लावती, संघीय लिम्बुवान झापा अध्यक्ष नगेन राई, केन्द्रिय उपकमाण्डर वसन्तराज सुब्बा, प्रान्तीय सचिवालय  न्याय विभाग प्रमुख सुमन सम्वाम्फे, केन्द्रिय वरिष्ठ उपकमाण्डर मण्डेम लिम्बु, झापा जिल्ला महिला अध्यक्ष अमिता थाम्सुहाङ, केनन्द्रय कमान्डर नरेन्द्र आङवुहाङ,  प्रवक्ता तथा प्रान्तीय सचिव  काजिमान ओख्खुको उपस्थिति रहेको थियो ।

विगत १५ वर्ष देखि पहिचानको मुद्दा लिएर लिम्बुवान पार्टी पहिले शसस्त्र र अहिले शान्तिपूर्ण आन्दोलन गर्दै आएको ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
2
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर