

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागबन्डा टुङ्ग्याएको छ, जसअनुसार राप्रपाले तीन मन्त्रालय पाएको हो ।

राप्रपाले ऊर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्नेछन् । अरू दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लागेको छैन । अध्यक्ष लिङ्देनले पार्टीका नेताहरूसँग परामर्श गरेर मन्त्रीको टुंगो लगाउने बताएका छन् ।
मन्त्रीमा उपाध्यक्ष ध्रुवबहादुर प्रधान, धवलशम्शेर जबरा, विक्रम पाण्डेलाई पठाउने तयारी छ । प्रत्यक्ष चुनाव जितेकाहरूलाई मन्त्री बनाउने तयारी गरेको राप्रपाले सांसद ज्ञानेन्द्र शाहीलाई भने मन्त्री नबनाउने संकेत गरेको छ । दुई मन्त्रालयमा तीन जनाको नामको चर्चा हुँदा ज्ञानेन्द्र शाही परेका छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो मन्त्रिपरिषद् विस्तार गर्दैछन् । प्रतिनिधि सभामा राप्रपाबाट १४ जना सांसद छन् ।

