Aamsanchar

बैंकिङ कसुर मुद्दामा फरार कनकाईका एक व्यक्ति पक्राउ 

Author Image
मङ्गलवार, माघ ३, २०७९

झापा । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिबादी पक्राउ परेका छन् । २०७९ असार ८ गते उच्च अदालत विराटनगर इलाम इजलासले  बैंकिङ कसुर मुद्दा फैसला गरेपछि फरार रहेका झापा कनकाई नगरपालिका ४ का वर्ष २८ का शिवु सुवेदी पक्राउ परेका हुन। उनलाई झापा प्रहरीले पक्राउ गरेको हो ।

फैसला कार्यन्वयनको निमित्त  झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ  अदालतको आदेशले निज प्रतिवादीलाई कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिवादी सुवेदीलाई एक दिन कैद सजाय र १ लाख ५ हजार जरिवाना तोकेको छ । त्यस्तै पीडितमा राहतकोषमा ४२ हजार तिर्नु पर्ने छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)