

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक लाख चार हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
Views: 141


