काठमाडौं : इटलीयन सुपर कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ। गएराति साउदी अरेबियाको किङ फाहद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा एसी मिलानलाई ३–० गोलले पराजित गर्दै इन्टरले उपाधि उचालेको हो।
इन्टरलाई उपाधि दिलाउन फेडेरिको डिमाक्रो, एडिन डिजेको र लौतारो मार्टिनेजले एक–एक गोल गरे। खेलको दशौँ मिनेटमा फेडेरिकोले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए।
२१ औं मिनेटमा एडिनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। पहिलो हाफमा २–० ले अगाडि रहेको इन्टरका लागि ७७ औं मिनेटमा मार्टिनेजले गोल गर्दै ३–० गोलको जित सुनिश्चत गरे।
योसँगै इन्टरले इटलियन सुपर कपको उपाधि सातौँ पटक उचालेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 127