Aamsanchar

सुनचाँदीकाे मुल्य आज

Author Image
बिहिवार, माघ ५, २०७९

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि छापावाल सुन तोलाको एक लाख चार हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजाबी सुन तोलाको एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२