Aamsanchar

घिमिरे सभामुख पदको सुयोग्य पात्र भएकाे राजेन्द्र लिङदेनकाे भनाइ

Author Image
बिहिवार, माघ ५, २०७९

काठमाडौं – उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गर्नुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गर्नुभएको हो ।

उपप्रधानमन्त्री लिङदेनले उम्मेदवार सभामुख पदको सुयोग्य पात्र भएको बताउँदै घिमिरेलाई निर्वाचित गराउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर