

बिर्तामोड । कम्बोडियाको होटलमा आगलागी घटनामा मृत्यु भएका झापा बिर्तामोड–१ का निराकार पाण्डे (विपिन) को शव आज राति १०.३० बजे नेपाल ल्याईने भएको छ । भोली शनिवार ११ बजे बिर्तामोड स्थित नीजि निवासबाट बिहान ११ बजे शवयात्रा गरिने र कनकाई घाटमा दहासंस्कार गरिने मृतकका बुबा अग्नीप्रसाद पाण्डेले जानकारी दिए ।

गत पुष १४ गते भएको घटनाले नेपाल र नेपालीलाई स्तव्ध बनाएको थियो । कानुनी प्रक्रिया पुरा गरेर करिव १ महिनामा निराकारको शव नेपाल ल्याइन लागिएको हो ।

शव ल्याउनको लागि नेपाल सरकार, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेता अग्नि प्रसाद खरेल, नेतृ धर्मशिला चापागाईं, थाईल्याण्ड स्थित नेपाली दुताबास, सञ्चार क्षेत्र, परिवारका सदस्य काका होम प्रसाद पाण्डेलाई शव ल्याउन पहल र सहयोग गरेकोमा बुवा अग्नी पाण्डेले धन्यवाद दिएका छन् ।

कम्बोडियाको क्यासिनोमा आगलागीमा परेपछि झापाका निराकार पाण्डेले भिडियो कलमा छोरालाई भनेका थिए– ‘सबैभन्दा ठूलो कुरा, राम्रो मान्छे बन्नुपर्छ है छोरा’ यो भनाईले धेरैलाई स्तव्ध बनाएको थियो ।

