Aamsanchar

इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

Author Image
शुक्रवार, माघ ६, २०७९

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानामगरलाई उपसभामुख उम्मेदवार बनाउने भएको छ।  शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

सात दलीय सत्ता गठबन्धनमा राष्ट्रिय स्वतन्त्रको भागमा उपसभामुख परेको छ। निर्वाचित हुने लगभग पक्का रहेको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले जनजाती समुदायकी रानामगरलाई उम्मेदवार बनाउने भएको हो।

शुक्रबार दिउँसो १ बजेदेखि चार बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ। शनिबार प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्ने छ।

सभामुखमा सत्ता गठबन्धनको समर्थनमा एमालेका देवराज घिमिरे  निर्वाचित भइसकेका छन् ।

 

Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर