Aamsanchar

उपउप्रधानमन्त्री लिङदेन माघ ९ गते झापाको साधुटार आउने, सन्त सम्राट् स्वामी सुबोधानन्द गिरिजी महाराजको दैनिक प्रवचन हुँदै 

Author Image
शुक्रवार, माघ ६, २०७९

बिर्तामोड । पूर्वको प्रसिद्ध वैदिक धार्मिक स्थल, झापाको अर्जुनधारा –१ साधुटारमा श्री शंकराचार्य पीठ  वेदवेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बनेको भवनको उद्घाटन हुने भएको छ ।

उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङदेनले आगामी माघ ९ गते भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको शंकराचार्य पीठका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ४५ लाख रुपैयाँमा बनेको २ तले, ४ कोठे भवन बनेको हो ।

त्यस्तै श्री शंकराचार्य पीठ घोषणा भएको २५ औं वर्ष तथा रजत जयन्तीको अवसर पारेर आद्य जगतगुरु शङ्कराचार्यको  प्रतिमा सहित रजत स्तम्भ निर्माण गरिएको र उक्त रजत स्तम्भको पनि सोही दिन अनावरण गरिनेसमेत कार्यक्रम रहेको उनले खतिवडाले बताए ।

शंकराचार्य पीठका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडा । पृष्ठभूमीमा नवनिर्मित भवन ।

शंकराचार्य पीठमा माघ १ गतेदेखि श्रीमद् ब्रह्मवैवर्त महापुराण पाठ कथा प्रवचन गायत्री लक्ष्य हवनात्मक एकदशक विराट गोपाल महायज्ञ भइरहेको छ ।

आगामी माघ ११ गतेसम्म सञ्चालन हुने महायज्ञमा  आचार्य शीतल कृष्णजी महाराजको प्रमुख कथाब्यास,  पं। सोमनाथ खतिवडाको उपब्यास  र यज्ञाचार्य हाकिमप्रसाद भण्डारीको रहेको छ ।

आध्यात्मिक जागरण मानव सचेतना, दैनिक  रु. १ दान एघार करोडको अक्षयकोष स्थापना महाअभियान बिस्तार, गुरुकूल मा अध्ययनरत बटुकहरु का लागि भोजन ब्यवस्था, गौशाला सुदृढ व्यवस्थापकका लागि पुनर्निर्माण, नियमित गौ आहाराको ब्यवस्था र संस्थाको सर्वाङ्गीण विकासको उद्देश्यले महायज्ञको  आयोजना गरिएको ब्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले बताए ।

महायज्ञमा  बनारसबाट आद्य जगतगुरु शंकराचार्यद्वारा विद्यारत्न उपाधि प्राप्त गरेका तथा नौ वटा स्वर्ण पदकले विभूषित गुप्त सम्राट् स्वामी सुबोधानन्द गिरिजी महाराजको दैनिक प्रवचन तथा सिद्धबाबा बलराम गिरिजी महाराजले आशीर्वचन प्रदान गरिरहेको बताइएको छ । महायज्ञमा भारतका बिभिन्न स्थानबाट, नेपालको काठमाडौं, इलाम, सुनसरी, मोरङसहित स्थानबाट भक्तजनहरू आउने क्रममा दिनानुदिन बढिरहेको ब्यासाचार्य खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर