दाङ । घोराही उपमहानगरपालिका वडा नं १५ स्थित ग्लोबल ओरेन्स नेपाल भएको घरको मार्केटिङ गर्ने कक्ष कोठाको ताल्चा फुटाई नगद चोरी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा ४ घर भई सोही उपमहानगरपालिका १ काठेकोल स्थित डेरा गरी बस्ने बर्ष १८ को रेशम बहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
माघ ५ गते स्टिल दराज फेरेर १ लाख ९१ हजार नगद रुपैयाँ चोरी भएको निवेदन प्रहरीमा परेपछि प्रहरीले घटनास्थलको प्रकृति, अपराध विधि समेत विश्लेषणको आधारमा रेशम बहादुर चौधरी संकाको आधारमा सोधपुछ गर्दा र रेशम चौधरी बस्दै आएको कोठाको खोजतलास गर्ने क्रममा हरियो रङ्गको प्लास्टिक भित्र बिभिन्न दरको नेपाली रुपैयाँ १ लाख ८८ हजार रुपैयाँ फेला पारी रीत पूर्वक बरामद गरी चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार गौतमले जानकारी दिए ।