Aamsanchar

झिलझिले वाटर किंगडम पार्कमा संस्कृति उत्थान महोत्सव आयोजना हुने

Author Image
आइतवार, माघ ८, २०७९

सञ्चालक राजकुमार संग्रौला ।

झिलझिले । झापाको शिवसताक्षी नगरपालिका –८ झिलझिलेमा रहेको वाटर किंगडम पार्कमा संस्कृति उत्थान महोत्सव आयोजना हुने भएको छ ।

आगमी फागुन १ गते देखि ५ गते सम्म आदिवासी जनजातिहरूको कला संस्कृति प्रर्दशनी र विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने आज (आइतबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा वाटर किंगडम पार्कका सञ्चालक राजकुमार संग्रौलाले बताए ।

हरेक दिन बिहान १० बजे बाट साँझ ७ बजे सम्म महोत्सव सञ्चालन हुने छ । प्रत्येक दिन अलग अलग जातजातिको मौलिक परिकार (फुड स्टल) राखिने, परमपरागत सामाग्री, भेषभूषा, कलाकौशल, पुरातात्विक महत्वका वस्तुहरू राखिने र हरेक दिन साँझमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने छ । समापनको दिन चर्चित सांगीतिक समूह (व्याण्ड) १९७४ एडी को प्रस्तुती रहने सञ्चालक संग्रौलाले जानकारी दिए ।

महोत्सवमा दैनिक निशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिने भएको छ ।  संस्कृति उत्थान महोत्सवमा प्रवेश निशुल्क गरिने र साँझको कार्यक्रम विशेष व्यवस्थापनमा आयोजना गरिने भएकाले सुविधा अनुसारको फरक फरक शुल्क निर्धारण गरिएको छ ।

विद्यार्थी वर्गलाई हाम्रो मौलिक संस्कृति, रीतिरिवाज, परम्परा, भेषभुषा, परम्परा, भाषाभाषी, रहनसहन आदिबारे सुशिक्षित गराउने उद्देश्य राखेर संस्कृति महोत्सव आयोजना गर्न लागिएको वाटर किंगडम पार्ककी अध्यक्ष ÷निर्देशक मेनुका संग्रौलाले बताइन ।

पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन समिर संग्रौलाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर